Skip to content

उद्योग संगठनको प्रतिनिधिमण्डलद्वारा आगामी बजेटका सन्दर्भमा सुझाव प्रस्तुत

काठमाडौं । उद्योग संगठनका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भेटघाट गरि उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्या र आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा सुझाव पेस गरेको छ ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा र महानिर्देशक चुडामणि भट्टराई सम्मिलित प्रतिनिधि मण्डलले वर्तमानको आर्थिक समस्या खास गरेर विद्युत आपुर्तिको समस्या, बजारको सुस्तता, ओैद्योगिक क्षेत्रमा परेको प्रभाव, तत्काल गर्नु पर्ने कार्य, आगामि बजेटले सम्बोधन गर्नु पर्ने लगायतका बिषयहरूमा ध्यानाकर्षण गराई समस्या समाधानका लागि सरकारको तत्परताका लागि प्रधानमन्त्री समक्ष आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima