Skip to content
Prabhu

मानुषी लघुवित्तको बनेपामा साधारणसभा सम्पन्न

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको छ ।

सो सभामा स१चालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । उक्त सभामा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको समग्र अवस्था तथा प्रगतिबारे प्रकाश पारिन् ।

साथै, सभाका सहभागीहरुले राखेको जिज्ञासाको जवाफ पनि दिएकी थिइन् । सभाले आव २०८०र०८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिको प्रस्तावसमेत पारित गरेको छ ।

उक्त संस्थाले स्थापनाको पाँच वर्षसम्ममा १४ वटा जिल्लामा ३६ वटा शाखामार्फत ३४,२४९ जना सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal