Skip to content

माइडियाका उन्नत एआई प्रविधियुक्त एयर प्युरिफायर सार्वजनिक

nabil
global ime

काठमाडौं । विश्वस्तरीय होम एप्लायन्स ब्रान्ड माइडियाले दुई अत्याधुनिक एयर प्युरिफायर ९केजे५००जी–एफ११ र केजे ४०० जीजेड१ प्रो) नेपाली बजारमा सार्वजनिक गरेको छ। यी मोडेलहरू स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धीकरण क्षमतासहित नेपालका घर, अफिस र व्यावसायिक स्थानहरूका लागि उपयुक्त हुनसक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू विशेष प्रविधिसहित तयार गरिएको छ।

यस यन्त्रमा रहेको स्मार्ट सेन्सिङ प्रणालीले वरपरको प्रदूषण स्तरको मूल्यांकन गरी स्वतः आफ्नो कार्यक्षमता समायोजन गर्छ। आवश्यक हावा गुणस्तर प्राप्त भएपछि उपकरण ऊर्जा बचत र फिल्टरको दीर्घायु सुनिश्चित गर्दै सन्तुलित मोडमा चल्ने गर्छ।

यसमा घर तथा अफिस प्रयोगका लागि उच्च दक्षता भएको शुद्धीकरण प्रणाली छ भने नकारात्मक आयनको प्रयोगमार्फत हावा शुद्ध पार्दै धुलो, गन्ध, र सूक्ष्म प्रदूषकहरू हटाउने क्षमता पनि रहेको कम्पनीको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T