Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सव सम्पन्न 

nabil
global ime

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने, बैंकका स्थापकहरू, सञ्चालक समितिका पदाधिकारीहरू, ग्राहक तथा सेयरधनी महानुभाव, कर्मचारी, नियमनकारी निकाय लगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतिले आगामी दिनमा बैंकले आफ्नो सेवालाई अझ स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

वार्षिकोत्वसको अवसरमा बैंकले महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जस अनुसार हुम्लाको सिमिकोटस्थित डाँडाफया हेल्थपोष्टमा आयोजना गरिने स्वास्थ्य शिविरमा प्रसूति रोग विशेषज्ञद्वारा सेवा उपलब्ध गराइने छ ।

यसैगरी, सिमकोट २ हुम्लाकै श्री रामदेव माविका १०३ जना विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सामग्री उपलब्ध गराइने छ । यस्तै, रोल्पाको सुनिलस्मृती गाउँपालिका २ स्थित खुङ्ग्री हेल्थ पोस्टलाई एक एक थान बेबी वार्मर र अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने घोषणा गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकमा पाँच र दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटिएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

बैंकका वरिष्ठ नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशीले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T