Skip to content
Prabhu

नेपाल पुनर्बिमा कम्पनीले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आव २०७९र८० को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको ५१५ औ बैठकको निर्णअनुसार सेरधनीलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित सो लाभांश नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ ।

उक्त कम्पनीले कुल ५ प्रतिशतले हुन आउने कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal