Skip to content

वाइवाई आईपीओ जारी गर्ने तयारीमा

 

काठमाडौं । चौधरी ग्रुपलेले उत्पादन गरिरहेको वाइवाईले सर्वसाधारणलाई आईपीओ जारी गर्ने जानकारी दिएको छ । उक्त कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत वाइवाईको आईपीओ जारी गर्ने जानकारी दिएका हुन् ।

अब नेपालका उत्पादनमूलक उद्योगहरु सबै आईपीओतर्फ केन्द्रित बनेको देखाउँछ । यसअघि युनिलिभर, बोटलर्स नेपाल, शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट र घोराही सिमेन्टलगायत सेयर बजारमा सूचीकृत छन् । यसबाहेक रिलायन्स स्पिनिङ मिल्सले समेत साधारण सेयर बिक्री गर्ने प्रक्रियामा छ ।

सामाजिक सञ्जालमार्फत निर्वाण चौधरीले आईपीओ जारी गर्ने जानकारी सार्वजनिक गरे पनि वाइवाइले यसको प्रक्रिया अघि बढाएको छैन । नेपाल धितोपत्र बोर्डका अनुसार हाल १९ वटा कम्पनी साधारण सेयर बिक्रीको अनुमतिको पर्खाइमा छन् ।

यसैगरी थप १६ वटा कम्पनीले समेत अनुमति मागेका छन् । बोर्डले ती कम्पनीको अनुमतिमाथि अध्ययन गरेर थप डकुमेन्ट मागेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal