Skip to content

ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ । सरोङ आर्ट गुप्रले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने कार्यशाला तथा कला प्रदर्शनी गरेको हो । उक्त प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका ५० कलाकारको कलाकृति राखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले उक्त प्रदर्शनीको शुभारम्भ गरे । नेता पराजुलीले कला प्रदर्शनीको माध्यमबाट विभिन्न देशबीचको सम्बन्ध थप प्रगाढ भएको बताए । उनले यस्ता कला प्रदर्शनीले नेपालको कला क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उल्लेख गरे ।

सोन्जा आर्ट ग्यालरीका अध्यक्ष एवम् होटल आर्ट ठमेलका सञ्चालक चिरञ्जीवी भट्टले नेपालको कला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए। सन् २००४ देखि सोन्जा आर्ट ग्यालरीले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेको उनको भनाइ छ ।

बङ्गलादेशका वरिष्ठ फोटोग्राफर डा इमरान विन युनुसले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु भारत र बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिए। तीन दिनसम्म चल्ने कला प्रदर्शनीमा बङ्गलादेशका वरिष्ठ कलाकार सफिक अहमद सजिव, अजिजुल कादिर, रफिया अख्तर, भारतीय वरिष्ठ कलाकार रेहेमान पटेल, डा सुवया याम निला, नारायण सुकम्बरलगायतका चित्र राखिएका छन् ।

पाँच देशका छ स्थानमा कला प्रदर्शन गरिसकेको सरोङ आर्ट गुप्रले सातौँ कला प्रदर्शन नेपालमा गरेको गुप्रका अध्यक्ष नारगिस सोमाले जानकारी दिनुभयो । उक्त गुप्रले यसअघि जापान, श्रीलङ्का, बङ्गलादेश र भारतमा कला प्रदर्शन गरिसकेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi