Skip to content

देवघाट–हलेसी–सगरमाथा मोटर र्याली

nabil
global ime

चितवन । देवघाट–हलेसी–सगरमाथा मोटर (याली आजदेखि सुरु भएको छ । नेपाल अटोमोबाइल एशोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एशोसिएसन (काडा) ले मोटर टुरिज्म तथा मोटर स्पोट्र्स प्रवर्द्धन गर्ने उद्देश्यका साथ संयुक्तरुपमा अटो जिमखाना एवं मोटर ट्युरिङ एन्ड टिडिएस र्याली (प्रतियोगिता) सुररुआत गरेका हुन् ।

दुई रात, तीन दिनसम्म चल्ने र्यालीको भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे । सो अवसरमा उनले भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यस प्रकारका कार्यक्रम निकै महत्वपूर्ण हुने र दुई धाम जोड्ने हिसाबले आयोजना भएको मोटर (यालीले यी क्षेत्रको विकास तथा प्रवर्द्धनमा थप टेवा पुग्ने बताए ।

नासा बागमती प्रदेशका अध्यक्ष राजन पियाले मोटर टुरिज्म तथा मोटर स्पोट्र्स प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । पवित्र धार्मिक तीर्थस्थल देवघाटधामबाट सुरु भएको र्यालीले भरतपुर हुँदै हेटौँडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी र हलेसीसम्मको तीन सय २७ किलोमिटर दूरी पार गर्ने उनको जानकारी दिए ।

मोटर र्र्याली रेसिङको विधाअनुसार टिडिएस र्याली (टाइम डिस्टेन्स स्पिड) अन्तर्गत गन्तव्यमा पुग्ने उनले जानकारी दिए । उनले भने, ‘गन्तव्यसम्म पुग्नका लागि विभिन्न चेकप्वाइन्ट निर्धारण गरी बाटोको प्रकृतिअनुसार अधिकतम गति दिएको हुन्छ, सहभागीमध्ये आयोजकले दिएको अधिकतम गति समयमा जो गन्तव्यमा पुग्छ प्रतियोगिता उसैले जित्नेछ, प्रतियोगितामा ३० गाडी सहभागी भएका छन् ।’

त्यस्तै उनले खोटाङको हर्कपुर, सुनकोसीको किनारमा अटो जिमखाना प्रतियोगिता पनि सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार मोटर रेसिङको सर्टसर्किट विधा अटो जिमखाना छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरी कलात्मक हिसाबले तयार गरिन्छ । त्यहाँ चालकले आफ्नो कला, साहस र सिर्जना प्रस्तुत गर्नेछन् ।

र्यालीमा ड्राइभर्स, मार्सल र अन्य प्राविधिक गरी एक सय २४ जनाको सहभागिता रहेको छ । सहभागीलाई खाना तथा बस्ने व्यवस्था र दुर्घटना बीमाकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको समापन ओखलढुङ्गाको ढापमा हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima