Skip to content

सूर्यज्योति र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सो कम्पनीको साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले वैशाख ७ गते शुक्रबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा वैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा बस्ने भएको छ ।

सभाले चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरणको प्रस्ताव पारित गर्ने छ ।

सभामा चुक्ता पूँजी वृद्धि गरी ५ अर्ब एक करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँ पुर्याउने, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांशा सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरको हो ।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा वैशाख २० गते प्रभु बैंक लिमिटेडको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान बस्ने भएका छ ।

सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने । कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँ बराबरको ०.२५ प्रतिशत नगद लाभांश र ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संचालक समितिको संरचना परिवर्तन गरी १ जना महिला र १ जना स्वतन्त्र संचालकसहित ७ जनाको समिति गठन गर्नेछ ।

कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँ बराबरको ०.२५ प्रतिशत नगद लाभांश र ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal