Skip to content

लगानी कोष र सिउरी न्यादीबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईले हस्ताक्षर गरेका छन् । न्यादीले प्रतिकित्ता रु एक सयका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता शेयर निष्कासन गर्दैछ ।

उक्त सेयरको ३ अर्ब ३ करोड ६० लाख ७८ हजार चार सय रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग सेयर प्रत्याभूतिको कार्य गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal