Skip to content

नेपाल टेलिकममा १२९ जनाका लागि जागिर खुल्यो 

काठमाडौँ ।  नेपाल टेलिकमले विभिन्न पदमा एक सय २९ जनाका लागि जागिर खुलाएको छ । आज टेलिकमले खुला ता समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको हो । टेलिकमले जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्मका पदमा जागिर खुलाएको जनाएको छ ।
इच्छुक र योग्य उम्मेदवारले यही वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर आगामी जेठ ३ गतेसम्म आदेन दिनसक्नेछन् । अनलाइन दरखास्त फारम समिट गरेपछि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ । सहायक ३ तहका लागि रु तीन सय, चार तहका लागि रु पाँच  सय, अधिकृत छ र सात तहका लागि रु सात सय र अधिकृत आठ र नौ तहका लागि रु आठ सय लाग्नेछ । साथै प्रत्येक  समावेशी समूहका लागि अधिकृत स्तरमा थप रु दुई सय र सहायक स्तरका लागि रु एक सय लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal