Skip to content

प्राइम बैंकको नाफा २ अर्ब ८७ करोड

काठमाडौं । प्राइम बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ८७ करोड नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गतवर्षको तुलनामा करिब १७ प्रतिशतले नाफा बढेको छ ।

गतवर्ष चैत मसान्तसम्म बैंकको नाफा २ अर्ब ४६ करोड रहेको थियो । चैत मसान्तसम्म बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ३१ करोड छ । चैत मसान्तसम्म बैंकले २ खर्ब २ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ७७ अर्ब कर्जा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal