Skip to content

सामान्य रकमले घट्यो सिटिजन्सको नाफा, चैतसम्म १ अर्ब २१ करोड नाफा

काठमाडौं । गतवर्षको तुलनामा सिटिजन्स बैंकको नाफा सामान्य रकमले घटेको छ ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार चैत मसान्तसम्म १ अर्ब २१ करोड नाफा गरेको छ । गतवर्ष १ अर्ब २३ करोड बैंकले नाफा गरेको थियो । सेयरधनीलाई बाँड्न मिल्ने नाफा भने १ करोड ८१ लाख छ ।

चैत मसान्तसम्म बैंकले १ खर्ब ८२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५२ अर्ब कर्जा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal