Skip to content

नबिल बैंकको नाफा ४ अर्ब ६६ करोड

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष चैत मसान्तसम्म ४ अर्ब ६६ करोडरुपैयाँ नाफा कमाएको छ ।

गतवर्षको तुलनामा बैंकको नाफा घटेको हो । गतवर्ष चैत मसान्तसम्म ५ अर्ब ११ करोड नाफा कमाएको थियो ।

चैत मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले सेयरधनीलाई १ अर्ब ५४ करोड रुपैयाँ सेयरधनीलाई वितरण गर्ने नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal