Skip to content

साढे १३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफा, बढी कमाउनेमा नबिल पहिलो अन्तिममा नेपाल बैंक

 

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा करिब साढे १३ प्रतिशतले घटेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म १३ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ७ वटा वाणिज्य बैंकको नाफा बढेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक छ । नबिल बैंकले ४ अर्ब ६६ करोड नाफा गरेको छ । सबैभन्दा कम कमाउनेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले १३ करोड मात्र नाफा गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तमा नाफा बढाउने बैंकमा कृषि विकास बैंक,लक्ष्मी सनराइज,सिद्धार्थ,हिमालयन,एभरेष्ट,प्राइम र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । यसबाहेक सबै बैंकको नाफा घटेको छ ।

चैत मसान्तसम्म बैंकहरुले यो वर्ष ४० अर्ब ६ करोड नाफा गरेका छन् । गतवर्ष ४७ अर्ब नाफा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal