Skip to content

शुक्रबार सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं ।नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । बिहीबार ६ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal