Skip to content
Prabhu

दार्चुलामा भारतको २ करोड ७३ लाख सहयोगमा गलैनाथ माध्यमिक विद्यालय भवनको शिलान्यास

काठमाडौं । नेपाल–भारत विकास सहकार्यअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।
भारत सरकारको २ करोड ७३ लाख आर्थिक सहयोगमा निर्माण हुने उक्त परियोजनाको शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिलान्यास गरे।
कार्यक्रममा प्रमुख धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु(याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक सुविधासँगै दुई तले भवन, शौचालय, कार्यालय भवन र फर्निचरमा उपयोग गरिने दूतावासले जनाएको छ ।
भारत सरकार र नेपालबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइनेछ । परियोजना दार्चुलाकोे शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तका रुपमा रहने जनाइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ ।  चार सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशमा ४० वटा परियोजना रहेका छन् । त्यसमध्ये १० वटा परियोजना दार्चुलामा छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal