Skip to content
Prabhu

सिरिन्ज उद्योगमा भवानी राणाको प्रवेश, ८० करोडको लगानी

nabil

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणासहितको लगानी रहेको फर्चुना हेल्थकेयर प्रालिले ‘फर्चुना’ ब्रान्डमा नेपालमा पहिलोपटक ललितपुरको चुनिखेलमा सिरिन्ज उत्पादन सुरु गरेको छ।

मुलुकको औद्योगिक विकास, आयात प्रतिस्थापन तथा गुणस्तरीय उत्पादनको प्रतिबद्धतासहित फर्चुना हेल्थकेयरले स्वदेशी अस्पताल, क्लिनिक तथा निजी प्रयोजनका लागि आवश्यक सिरिन्जहरूको उत्पादन प्रारम्भ गरेको हो।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलगायतले राजधानीमा बिहीबार आयोजित कार्यक्रममा फर्चुना हेल्थकेयर प्रालिद्वारा उत्पादित फर्चुना ब्राण्डका सिरिन्ज सार्वजनिक गरेका हुन् ।

फर्चुना हेल्थकेयरले एक एमएलदेखि ६० एमएलसम्मका निडलसहितका सिरिन्जहरू तथा इन्सुलिन सिरिन्ज लगायतका उत्पादनहरू बजारमा ल्याएको छ। कम्पनीले चाँडै नै आइभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युब, आइभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आइपी, गज, आइभी सेट, युरिन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेजलगायतका उत्पादन बजारमा ल्याउन लागेको जानकारी गराएको छ। सबै उत्पादनहरूको गुणस्तरमा सम्झौता नगर्ने र मूल्य पनि आयातित सिरिन्जको तुलनामा केही कम रहेको कम्पनीको दाबी छ।

उद्योग स्थापना तथा उत्पादनका लागि ८० करोड रुपैयाँ पुँजी राखेको फर्चुना हेल्थकेयर प्रालिले हालसम्म ५० करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ। कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जिएमपी पूरा गरेको र नेपाल गुणस्तर चिह्न प्राप्तिका लागि प्रक्रिया अघि बढिसकेको जनाएको छ।

कम्पनीका अध्यक्ष भवानी राणाले भनिन्, ‘नेपाली बजारमा वार्षिक ५८ करोड रुपैयाँको सिरिन्ज आयात भइरहेको र तीमध्ये अधिकांश उत्पादन गुणस्तरीय नहुँदा स्वास्थ्यकर्मी र बिरामीले दुःख पाइरहेको अवस्थालाई अन्त्य गर्न फर्चुना ब्राण्डका सिरिन्ज प्रतिबद्ध रहेको छ।

उनका अनुसार कोभिड महामारीपछि मेडिकलजन्य वस्तु उत्पादनमा आत्मनिर्भर बन्नैपर्छ भन्ने सन्देशलाई आत्मसात गर्दै फर्चुना सिरिन्जलगायतका उत्पादनमा अघि बढेको हो। उद्योगमा भवानी राणाका साथै उद्योगी भरतराज आचार्य, ईश्वर जिसी, बाबुकाजी कार्की लगायतको लगानी छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

anima
api

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal