Skip to content
Prabhu

अमेरिकी डलर स्थिर हुँदा अन्य मुद्राको कतिमा हुँदैछ कारोबार ?

nabil

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर १६५ रुपैयाँ ६२ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०७ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३१ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३१ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८ रुपैयाँ ६६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३ रुपैयाँ ६३ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २० पैसा र बिक्रीदर १२ रुपैयाँ २६ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७ रुपैयाँ ०९ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६१ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०७ पैसा कायम छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal