Skip to content

अपी पावरको विद्युत बिक्री आम्दानी ३२.२४ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १११.७ रुपैयाँ

nabil bank

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अपि पावर कम्पनी लिमिटेडले प्रकाशित गरेको छ। उक्त कम्पनीको विवरणअनुसार विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.२४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको नाफा भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४.९९ प्रतिशत घटेर ४२ करोड ७६ लाख रुपैयाँमा झरेको छ। कम्पनीको सञ्चालन मुनाफा घटेको र वित्तीय खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १.९३ प्रतिशत घटेको छ भने वित्तीय खर्च १७.८६ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७४ पैसा घटेर ७ रुपैयाँ ४ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.०४ गुणा रहेको छ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ६७ करोड २७ लाख रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi