Skip to content
Prabhu

विदेशी लगानीकर्ता ल्याउन ऐन परिवर्तन, सेयर बजारको समस्या सम्बोधन नभएको आरोप

 

काठमाडौं । विदेशी लगानीकर्तालाई अत्यादेश मार्फत ऐन परिवर्तन गरेको सरकारले पुँजी बजारका लगानीकर्तालाई भने वेवास्ता गरेको छ ।

मन्त्रिपरिषदको बैठकले लगानी सम्मेलनलाई केन्द्रीत गर्दै ८ वटा कानुन संसोधन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले औद्योगिक व्यवसाय ऐन २०७६, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, भूमि सम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन २०६३, नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन २०५३ संशोधन गर्ने निर्णय गरेको हो । सरकारको यो कदमले निजी क्षेत्र खुसी भएको छ ।

सरकारले विदेशी लगानीकर्तालाई खुसी बनाएपनि पुँजी बजारको सुधारको लागि भने कुनै पहल नगरेको आरोप लगानीकर्ताहरुले लगाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलले फेसबुकमा पूँजी बजार अनि लगानी सम्मेलन,विदेशबाट आउने लगानी र पूँजी बजार बीच सम्बन्ध होला की नहोलारु भन्ने प्रश्न राखेका छन् ।

सेयर बजार लगातार घटेपनि सुधारको प्रयास नगरेको लगानीकर्ताको आरोप छ ।

आइतबार बढेको सेयर बजार परिसूचक सोमबार ओरालो लागेको छ । नेप्से परिसूचक १५.४१ अंकले ओरालो लागेको हो । २ अर्ब ५ करोडको सेयर कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal