Skip to content

बालाजु बाइसधारा मेला सुरु

nabil bank
बाइसधारा(ल्हुति पुन्हि) मेलामा भक्तजन काठमाडौँ, ११ वैशाख : काठमाडौ महानगरपालिका-१६ स्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा बालाजु बाइसधारा(ल्हुति पुन्हि)मेलामा मङ्गलबार स्नान गर्दै भक्तजन। तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँ । बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो लागेको बर्ताए । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime