काठमाडौं । निरन्तर बढी रहेको सुन मूल्य अघिल्लो दिनजस्तै मंगलबार पनि घटेको छ ।
मंगलबार तोलामा २७ सयले सुनको मूल्य घटेको हो । छापावाल सुनको मूल्य मंगलबार १ लाख ३५ हजार ५ सय रहेको छ ।
तेजाबी सुनको मूल्य पनि तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
सुनसँगै मंगलबार चाँदीको मूल्य घटेका छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको १ हजार ६६० मा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्