Skip to content

मन्त्री दाहालद्वारा गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेंसी रसुवागढी सडकको निरीक्षण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले मंगलबार गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेंसी रसुवागढी सडकको निरीक्षन गरेका छन् ।

मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेको हो । त्यस क्रममा मन्त्री दाहालले निर्मानाधिन सडकको निर्माण कार्य तीव पार्न निर्देशन दिए । नदीबाट हुने क्षति समेत नियन्त्रणतर्फ पनि ध्यान दिन उनले आग्रह गरे।

यस्तै उहाले चीनतर्फ रोकिएका नेपालीको अवस्थाबारे पनि चासो राखेका थिए। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनिया पक्षसङ समन्वय गरि नेपालीहरु ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए ।

मितेरी पुल निर्माणको कार्य चिनिया पक्षले छिटो अघि बढाउने सडक बिभागका महानिर्देशक बिजय जैसीले जानकारी दिए ।
यस्तै सुइ शुभराज न्यौपानेले सडक अवरुद्ध हुन नदिने गरी निरन्तर मर्मतको काम भैरहेको जनाए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima