Skip to content
Prabhu

नोट १३ सिरिजका आकर्षक अफरहरू अझै जारी

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल–नयाँ नोट’ नामक विशेष अफर अझै जारी राख्ने भएको छ । कम्पनीले साओमी फ्यानहरुको अनुरोधलाई सम्बोधन गर्दै यो अफर विस्तार गर्ने निर्णय गरेको हो। रेड्मी नोट १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै साओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

यस योजनाअनुसार रेड्मी नोट १३ को खरिद गर्ने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क प्राप्त गर्न सक्नेछन् । यसै रेड्मी नोट १३ प्रो + ५ जी खरिद गर्ने ग्राहकहरुले भने रेड्मी बड्स ४ एक्टिभ मात्र १ हजार ६ सय ९९ रुपैयाँ मा वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४ सय ९९ रुपैयाँ मा प्राप्त गर्न सक्नेछन् । यस अफरअन्तर्गत रेड्मी नोट १३ प्रो को दुवैै भेरियन्टहरुमा भने भारी छुटको व्यवस्था गरिएको छ । ८ जीबी+२५६ जीबी भेरियन्ट अब नेपाली बजारमा ३२ हजार ९ सय ९९ मा उपलब्ध छ जसको बास्तविक बजार मूल्य ३४ हजार ९ सय ९९ रुपैयाँ छ । त्यसैगरी १२ जीबी+५१२ भेरियन्ट ३५ हजार ९ सय ९९ रुपैयाँ मै उपलब्ध छ जसको बजारी मूल्य ३९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘हामी आफ्ना ग्राहकवर्गका लागि अफरहरु अझै लामो समयको लागि उपलब्ध गराउन पाउँदा निकै खुसी छौं । रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरुमा पुर्याउन खोजिरहेका छौं । चाहे रेड्मी बड्स ४ एक्टिभ को साथ उत्कृष्ट अडियो क्वालिटीको मजा लिन होस् वा रेड्मी वाच ३ एक्टिभको साथ कनेक्टेड रहन होस्, हामीले हाम्रा ग्राहकहरूको दैनिक जीवन सहज बनाउने नवीन समाधानहरू प्रदान गर्ने लक्ष्य राखेका छौं ।’
रेड्मी नोट १३ सिरिज अन्तर्गत तिन प्रकारका फोनहरु उपलब्ध छन्– रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जी । ६ जिबि ¥याम + १२८ जीबी स्टोरेज र ८ जीबी ¥याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरासहित उपलब्ध छ ।

त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ल फिङ्गर प्रिन्ट सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसरसहित ८ + २५६ जीबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भ्ड डिस्प्ले, आइपी ६८ रेटिङ भएको हुँदा धुलो र पानीबाट पनि बचाउँछ र १२० वाटको चार्जर सहित ८ + २५६ जीबी स्टोरेज र १२ जीबी+ ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal