Skip to content

मानपुर–बुलिङटार सडक खण्डमा कालोपत्रे गरिँदै

तनहुँ । तनहुँको मानपुररूडेडगाउँ–बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्रे सुरु गरिएको छ ।

जिल्लाको घिरिङ गाउँपालिका ४ मानपुरबाट सुरु गरी नवलपुरको डेढगाउँको सिमानासम्म कालोपत्रे गर्न लागिएको हो । उक्त सडक खण्डमा हालसम्म तीन किमि सडक कालोपत्रे गरिसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक खण्ड यसै वर्ष कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्रे गरिएको छ’, प्रमूख आचार्यले भने, ‘सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने छ ’

विसं २०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो । विसं २०७७ मङ्सिर ५ गतेदेखि सडक स्तरोन्नतिका काम सुरु गरिएको थियो ।

३५ करोड १४ लाख ७४ हजार एक सय नौ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रको ठेक्का पाएको थियो ।

विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माणकार्य ढिलाइ भएको हो ।

जिल्लामा यसवर्ष पिसिसि, आरसिस र कालोपत्र गरी २६ किमि सडक निर्माण गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi