Skip to content
Prabhu

अमेरिकी डलरको भाउ घट्दा यूरो र पाउण्डको बढ्यो, अरु कतिमा कारोबार हुँदैछन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६४ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५२ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ६० पैसा र बिक्रीदर ८ रुपैयाँ ६४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ रुपैयाँ ६१ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २४ पैसा र बिक्रीदर १२ रुपैयाँ २९ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७ रुपैयाँ ०६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७१ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ५२ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal