Skip to content

२५ देखि ३० प्रतिशतसम्म काठमाडौं उपत्यकाका जग्गाको मूल्य घट्यो, खरिदकर्ता पाउन नै कठिन

nabil bank

काठमाडौं । २०७८ सालमा तत्कालिन मेगा बैंकले विशालनगरमा आनाको १ करोड १५ लाखको दरले विशालनगरमा जग्गा किन्यो । व्यवसायी अजेयराज सुमाग्रीको नाममा रहेको सोही स्थानमा रहेको अरु जग्गा ज्योति विकास बैंकले आनाको ९७ लाखको दरले किन्यो ।

जग्गा व्यवसायीहरुका अनुसार मान्ने हो भने ज्योति विकास बैंकले सो जग्गा खरिदको लागि बढी रकम हालेको हो । नगद समस्यामा परेका व्यवसायी अजेय सुमाग्री त्योभन्दा कम रकम पाएमा समेत बिक्री गर्न तयार थिए । नियम अनुसार जग्गा किनेको दाबी गरेको छ ।

Hyundai

तर,२०७८ सालको तुलनामा भने अहिले जग्गाको मूल्य आनामा १८ लाख रुपैयाँले घटेको देखिन्छ ।

यस्तै अवस्था काठमाडौंका घरजग्गा व्यवसायीको रहेको छ । २ वर्ष अगाडिसम्म १ करोडभन्दा माथि आनामा बिक्री भएका जग्गाहरु अहिले आनामा १० देखि १५ लाख तथा २० लाखसम्म घटेर बेच्नको लागि व्यवसायीहरु तयार भएका छन् ।

घरजग्गा व्यवसायीहरुका अनुसार अहिले बैंकको ऋणको ब्याजदर घटेपनि किन्ने खरिदकर्ता छैनन् । काठमाडौं महानगरपालिका भित्रका प्रमुख व्यवसायिक क्षेत्रमा त्यसैपनि जग्गा पाउन मुस्किल हुन्छ । २ वर्ष अगाडिसम्म एउटा सूचना प्रकाशित गर्नासाथ ग्राहक पाइने अवस्था थियो । तर,अहिले अवस्था फरक रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋण तिर्न नसकेर सकार गरेका घरजग्गा बिक्री गर्न नसकेको त्यसको उदाहरणको लागि लिन सकिन्छ ।

रिङरोडभित्रका जग्गाको मूल्य घटेको अवस्थामा त्योभन्दा बाहिरका जग्गाको मूल्य २ वर्ष अगाडिको तुलनामा घटेको छ । २ वर्ष अगाडि आनाको ५० लाखसम्म पुगेका क्षेत्रमा अहिले जग्गाधनीहरु आनाको ४० देखि ४२ लाखसम्ममा बिक्री गर्न तयार भएका छन् ।

“२ वर्ष अगाडि सामाजिक सञ्जालमा बिक्रीमा भनेर बुस्ट गर्दा एकसाताभित्रमा जग्गा बिक्री हुने अवस्था थियो,”घरजग्गा व्यवसायी विनय खड्काले भने,“बैंकको ब्याजदर घट्दो क्रममा रहेपनि ग्राहक पाउने अवस्था छैन।”

बैंक तथा वित्तीय संस्थामा अहिले तरलता सहज बन्दै गएपछि घरजग्गाको लागि अहिले सिंगल डिजिटमा नै आएपछि ग्राहकहरुमा आत्मविश्वासको कमी देखिएको छ ।

तथ्यांक हेर्दापनि घरजग्गा कारोबार काठमाडौं उपत्यकामा घटेको देखिन्छ ।

२०७९ कुल ५२ हजार २८३ घरजग्गाको लिखत पारित भएको थियो । २०८० मा ४६ हजार ३३ वटा मात्र लिखत पारित भएको छ । जसको प्रभाव घरजग्गा क्षेत्रबाट आउने राजस्वमा समेत परेको छ । २०७९ सालमा १७ अर्ब १९ करोड काठमाडौं उपत्यकाबाट राजस्व उठेपनि २०८० सालमा १६ अर्ब ४८ करोडमात्र राजस्व उठेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime