Skip to content

पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै

nabil bank

वीरगञ्ज । सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले पर्साका महिला उद्योग दर्ता गर्न आकर्षित भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार पछिल्ला वर्षमा महिला उद्यमी सञ्चालक भएर नयाँ उद्योग स्थापना गर्ने क्रममा सुधार देखिएको छ ।

कार्यालयका अनुसार साउनदेखि चैत मसान्तको अवधिमा जिल्लामा सात सय ३९ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका उद्योगमध्ये महिला उद्यमी सञ्चालक भएको सङ्ख्या भने तीन सय २९ रहेको छ । त्यस्तै पुरुष उद्यमी सञ्चालक रहेको उद्योगको सङ्ख्या भने चार सय ४७ छ ।

Hyundai

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहले तराई–मधेस जस्तो ठाउँमा महिला उद्यमी सञ्चालक भएर नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्ने प्रवृत्तिमा क्रमशः सुधार आइरहेको बताए । “एक दशकअघिसम्म महिला उद्यमी सञ्चालक भएर खासै धेरै उद्योग दर्ता हुँदैनथे, सबैजसो पुरुष उद्यमी सञ्चालक भएका नयाँ उद्योग दर्ता हुने गर्थे’ उनले भने, ‘सरकारले महिला उद्यमी सञ्चालक भएको नयाँ उद्योग दर्ता गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत छुट दिने व्यवस्था गरेसँगै अहिले महिला उद्यमी सञ्चालक भएका उद्योग दर्ता हुनेक्रम बढेको छ ।’

सरकारले दलित÷महिला र पुरुषका नाममा दर्ता हुने घरेलु तथा साना उद्योगलाई पनि ३५ प्रतिशत छुट दिने व्यवस्था पनि गरेको छ । कार्यालयका अनुसार अझैसम्म पनि पुरुषकै स्वामित्वका उद्योगको सङ्ख्या धेरै छ । चालु आवमा दर्ता भएका नयाँ उद्योगले तीन हजार दुई सय ५४ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । त्यसमध्ये एक हजार नौ सय चार पुरुष र एक हजार तीन सय ५० महिलालाई रोजगारी दिने क्षमता रहेको छ ।

कार्यालयले चालु आवको नौ महिनाको अवधिमा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ५९ लाख ८२ हजार चार सय राजस्व आम्दानी गरेको छ । कार्यालयका अनुसार आव २०७९÷८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए । गत वर्ष दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको सङ्ख्या चार सय ५० र पुरुष उद्यमीको स्वामित्व भएका भने छ सय ५४ रहेका छन् ।

गत आवमा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । त्यसमध्ये तीन हजार दुई सय ४७ पुरुष र एक हजार दुई सय १३ महिलालाई रोजगारी दिनसक्ने क्षमता रहेको छ । कार्यालयले गत आवमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट रु एक करोड छ लाख ३९ हजार दुई सय ५० राजस्व सङ्कलन गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

sanima reliance
global ime