Skip to content
Prabhu

उच्च अदालतले रोक्यो पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया रोकिएको छ । पर्यटन बोर्डको सीईओ छनोट समिति गठन नै गैरकानुनी रहेको भन्दै बोर्डका कर्मचारी कुन्दन शर्मा मिश्रले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उच्च अदालत पाटनले बुधबार सीइओ छनोट प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएपछि नियुक्ति प्रक्रिया अवरुद्ध बनेको हो ।

बोर्डकै कर्मचारी कुन्दन शर्मा मिश्रले सीइओ छनोट गर्न गठित उपसमितिका सदस्य मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन नै गैरकानुनी भएको र उपसमिति नै अवैधानिक रहेको जनाउँदै रिट दायर गरेका थिए । पाटन अदालतका न्यायाधीश शुदर्शनराज पाण्डेको इजलासले सीइओ छनोट गर्न गठित समिति नै अवैधानिक रहेको हुनाले बोर्डको सीईओ छनोट सम्बन्धि कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो ।

पाटन अदालतले विपक्षीहरुलाई १५ दिनभित्र जवाफ पेश गर्न भनिएको छ । यसपछि अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने निर्णय हुने उल्लेख छ ।

सीइओ बन्नका लागि २० जनाको आवेदन परेको छ । छनोट उपसमितिले २० जना आवेदक मध्येबाट १६ जनाको नाम सर्ट लिस्टमा राखेर सोमबारदेखि उनीहरूसँग प्रस्तुतीकरण लिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal