Skip to content
Prabhu

यूरो र पाउण्डकाे भाउ बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६५ रुपैयाँ ४५ पैसा छ भने बिक्रीदर १६६ रुपैयाँ २० पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४६ रुपैयाँ १० पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ १९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६३ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रुपैयाँ १६ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८ रुपैयाँ ६३ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ रुपैयाँ ६१ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ रुपैयाँ ९७ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा र बिक्रीदर १२ रुपैयाँ २८ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७ रुपैयाँ ०६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ८२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal