Skip to content
Prabhu

लगानीकर्ताबीच भएको विवाद र घट्दो व्यापारले निदान अस्पताल बन्द,डाक्टर नर्सले पाएनन् तलब

 

काठमाडौं । लगानीकर्ताबीच चलिरहेको विवाद र घट्दो व्यापारसँगै ललितपुरको निदान हस्पिटल बन्द भएको छ ।

३ महिनादेखि निदान हस्पिटल बन्द भएको हो । निदान अस्पतालका सञ्चालक अभिशेष श्रेष्ठले अस्पतालमा कार्यरत डाक्टर,नर्स तथा अन्य कर्मचारीको तलब सुविधा नदिएर अस्पताल बन्द गरेका हुन् ।

३ महिनादेखि अस्पताल पूर्ण रुपमा बन्द भएको छ । अस्पतालमा कार्यरत डाक्टर,नर्स तथा कर्मचारीले सञ्चालकलाई कारवाही गरेर तलब सुविधा दिलाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय ललितपुरमा निवेदन दिएका छन् ।

निजी क्षेत्रका अस्पतालको व्यापार पछिल्ला २ वर्षदेखि लगातार घट्दो क्रममा रहेको छ । निदान त्यसैपनि शुरुदेखि लगानीकर्ताबीच विवाद भइरहने अस्पताल हो ।

अस्पतालका सञ्चालक अभिषेक श्रेष्ठले पैसा लिएर सेयर नदिएको आरोप लागेको थियो । यसबाहेक अन्य खाले विवादमा समेत निदान अस्पताल पर्ने गरेको थियो ।

केही महिना अगाडि निदान अस्पतालले समयमा घरभाडाँ नतिरेको भन्दै घरधनीबाट समेत सूचना जारी भएको थियो । अस्पताल सञ्चालक अभिषेक श्रेष्ठले गरेको एकलौटीको कारण अस्पताल डुबेको लगानीकर्ताहरु बताउँछन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal