Skip to content

सीजीद्वारा बीएलडीसी सिलिङ फ्यान बजारमा

 

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दै बीएलडीसी सिलिङ फ्यान बजारमा ल्याएको छ ।
‘स्टे कुल, सेभ इनर्जी सुइच टु बीएलडीसी फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्छ भने पर्फमेन्समा कमी नआउने गरी कम आवाजमा सञ्चालन हुने उक्त प्रवृद्धि यस फ्यानमा रहेको कम्पनीले दावी गरेको छ ।

यो फ्यान ११० देखि २८० बिचको कुनै पनि भोल्टमा पनि तिव्र गतिमै घुम्ने उच्च प्रवृद्धिको फ्यान रहेको जनाइएको छ । रिमोटको सुबिधा युक्त यो सिलिङ्ग फ्यानमा कम्पनीले मोटर र पीसीबीएमा २ बर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ ।

नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरुमार्फत वितरण गदै आईरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T