Skip to content

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी

nabil bank

बझाङ । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए ।

लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ९ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi