Skip to content

आँखुखोला जलविद्युतको विद्युत बिक्रीबाट ९ महिनाको आम्दानी १४ करोड ४ लाख

 

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्म २५ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ७०.२७ प्रतिशतले कम हो । गत वर्षको चैतसम्म यस कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा र वित्तीय खर्च बढ्दा यसको खुद नाफामा असर परेको हो । यस कम्पनीले ९ महिनामा १४ करोड ४ लाख रुपैयाँ बराबरको विद्युत बिक्रीबाट आम्दानी गरेको छ ।

गत वर्ष यस्तो आम्दानी १५ करोड ४५ लाख थियो । यता, वित्तीय खर्च ८ करोड ८० हजारबाट बढेर ८ करोड ६१ लाख पुगेको छ । ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस हाइड्रोपावर कम्पनीको अन्य इक्विटी २४ करोड ४५ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ०।४३ रुपैयाँ छ । यो कम्पनी १५० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारीमा छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal