Skip to content

नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माणाधिन अत्याधुनिक नगरभवनको ८६ प्रतिशत काम सम्पन्न भएको छ ।

सहरी विकास मन्त्रालयको बजेटमा नगर भवन निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका प्रमुख विजय केशर खनालले बताए ।

‘हालसम्म सिटी हलको ८६ प्रतिशत भौतिक प्रगति भएको छ, माग गरिए बमोजिमको बजेट तत्काल आउने हो भने यही असारसम्म काम सम्पन्न हुनेछ’, खनालले भने, ‘निर्माण सामग्री समयमा नपाउनु र बीचमै डिजाइनसमेत परिवर्तन गर्नु परेकाले तोकिएको समयमा सिटी हलको निर्माण पूरा हुन नसकेको हो ।’

२९ करोड ४५ लाख ५५ हजार नौ सय ५१ रुपैयाँ लागतमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी भवनको डिजाइन परिवर्तन गर्दा बजेट बढेर रु ३२ करोड पुगेको छ । उक्त आयोजना निर्माणका लागि निर्माण कम्पनीले २०७८ साल साउन २५ गते काम सम्पन्न गर्ने गरी २०७५ माघ २५ मा सम्झौता गरेको थियो ।

बहुउपयोगी भवनमा सात सय ९५ सिट क्षमतासहितका तीनवटा सम्मेलन हल छन् । अत्याधुनिक थिएटरसहितको सभा हलमा पनि छ । सभाहलमा २५ वटा चारपाङ्ग्र्रे र ६० वटा दुईपाङ्ग्रे सवारी अट्ने क्षमता पनि छ ।

नगर भवनको डिजाइन परिवर्तन गर्दा थप रु सात करोड बजेट थपिएको छ । माग गरिएको बजेट छिट्टै निकासा भए असार मसान्तसम्म निर्माण सम्पन्न हुने भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाई कार्यालय बाँकेका प्रमुख खनालले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले पुरानो नगर भवन भत्काएर अत्याधुनिक नगर भवन निर्माण सुरु गरेपनि काम अलपत्र पर्दै आएको छ । निर्माणाधिन नगर भवनको काम समयमै सम्पन्न गर्नतर्फ सरोकारवाला निकायले चासो दिनुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

सहरी विकास मन्त्रालय अन्तर्गतको बजेटमा भवानीयापुरमा निर्माणाधिन नगर भवन समयमै सम्पन्न हुनसके नेपालगञ्जको १४ नं वडा भवानीयापुरमा चहलपहल बढ्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi