Skip to content

बाबा रामदेवका पतञ्जलीका १४ उत्पादनमा प्रतिबन्ध, लाइसेन्स निलम्बन

nabil
global ime

 

काठमाडौं । भारतीय योग गुरु बाबा रामदेवका एक दर्जनभन्दा बढी उत्पादनमा प्रतिबन्ध लगाइएको छ । पतञ्जलीको दिव्य फार्मेसीसँग सम्बन्धित भ्रामक विज्ञापनका कारण यो प्रतिबन्ध लगाइएको हो ।

उत्तराखण्डको लाइसेन्सिङ प्राधिकरणले सर्वोच्च अदालतमा दायर गरेको शपथपत्रमा यो जानकारी दिइएको हो । पतञ्जलीका १४ उत्पादनको लाइसेन्स प्राधिकरणका अनुसार तत्काल प्रभावबाट निलम्बन गरिएको छ । प्रतिबन्ध लगाइएका दिव्य फार्मेसीका उत्पादनहरूमा श्वसरी गोल्ड, श्वसरी वटी, दिव्या ब्रोन्कोम, श्वासरी प्रवाही, क्तवतीमु एक्स्ट्रा पावर, मधुग्रिट, श्वसरी अवलेह, लिपिडम, बीपी ग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट गोल्ड, आइग्रिट र पतञ्जली दृष्टि आई ड्रपर छन् ।

अप्रिल २३ मा अन्तिम सुनुवाइ क्रममा सर्वोच्च अदालतले पत्रपत्रिकाहरूमा ‘प्रमुख रूपमा’ माफी नमागेको भन्दै पतञ्जलीलाई प्रश्न गरेको थियो । अदालतले पत्रपत्रिकामा पतञ्जलीलिले दिएको माफीको आकार आफ्नो उत्पादनका लागि पूरा पृष्ठको विज्ञापन बराबर हो कि होइन भनेर भनेर सोधेको थियो ।

पतञ्जलीले ६७ पत्रपत्रिकामा माफी मागेको भन्दै अदालतप्रति पूर्ण सम्मान रहेको र गल्ती नदोहोर्‍याउने बताएको थियो । यसअघि रामदेव र बालकृष्णले महामारीको समयमा कोरोनिल जस्ता उत्पादनहरूको प्रभावकारिताको बारेमा उच्च दाबी गर्दै फर्मद्वारा जारी विज्ञापनहरूमा सर्वोच्च अदालतमा ‘बिनासर्त र अयोग्य माफी’ मागेका थिए । एजेन्सी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima