Skip to content

बैंकको ऋण तिर्न उपेन्द्र महतोले बेचे १ अर्बको सेयर, माछापुच्छ्रेमा घट्यो महतो परिवारको स्वामित्व

nabil
global ime

 

काठमाडौं । नगद अभावको समस्या भोगेका उपेन्द्र महतोले माछापुच्छ्रे बैंकको सेयर बेचेर बैंकको ऋण तिरेका छन् ।

माछापुच्छ्रे बैंकमा उपेन्द्र महतोका भाइ सुरेन्द्र महतोको नाममा सबैभन्दा बढी सेयर थियो ।

सुरेन्द्र महतोले बिक्रीमा राखेको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो ।

चैतको पहिलो साता माछापुच्छ«े बैंकमा सुरेन्द्र महतोको नाममा रहेको सेयर कर्मचारी सञ्चय कोषले किनेको हो । सुरेन्द्र महतोको महतोले आफ्नो स्वामित्वको १०।९५ प्रतिशत अर्थात् १ करोड १२ लाख ३२ हजार ४ सय ९२ कित्ता सेयर बिक्रीमा राखेका थिए । उक्त सेयरमध्ये कर्मचारी सञ्चय कोषले १ करोड ७ लाख ३७ हजार कित्ता सेयर मात्रै खरिद गरेको हो ।

महतो परिवारको सेयर किनेपछि कर्मचारी सञ्चय कोष माछापुच्छ्रे बैंकमा सबैभन्दा ठूलो सेयरधनी भएको छ । तत्कालीन स्टाण्र्डर्ड फाइनान्सलाई माछापुच्छ्रेमा गाभिएपछि बैंकमा महतो परिवारको प्रवेश भएको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष समेत रहेका महतोले आफ्नो पहलमा खुलेको सानिमा बैंकबाट समेत बाहिरिसकेका छन् । माछापुच्छ्रे बैंकमा लगानी बढाउने नीतिअनुसार महतो सानिमा बैंकबाट बाहिरिएका थिए ।

महतोले पछिल्लो समय सञ्चालन गरेको हस्पिटल व्यवसायको आकार लगानीअनुसार बढ्न सकेको छैन । जसले गर्दा महतोलाई नगद अभावको समस्या देखिएको थियो ।

स्रोतका अनुसार माछापुच्छ्रे बैंकमा रहेको संस्थापक सेयर बिक्री गरेर महतोले चैत मसान्तमा ऋण तिरेका छन् । ‘महतोजीले सेयर बेचेर भए पनि ऋण तिर्छु भन्नुभएको थियो, सेयर बिक्री गरे पनि ऋण तिर्नुभयो,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

बैंकको ऋण मिलाउनका लागि नै महतोले माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्ष पद छाडेका थिए । महतो परिवारको २५ प्रतिशतसम्म स्वामित्व रहेको माछापुच्छ«े बैंकमा सञ्चय कोषले सेयर किनेपछि १५ प्रतिशतभन्दा कम स्वामित्व छ ।

महतोको माछापुच्छ्रे बैंकबाहेक मेडिसिटी हस्पिटलमा लगानी छ । काठमाडौं उपत्यकाको निकै महँगो मानिने मेडिसिटीको व्यवसाय सोचेअनुसार हुन सकेको छैन । मेडिसिटीलगायत अन्य व्यवसायमा लिएको ऋण मिलाउनका लागि महतोले बैंकमा रहेको सेयर बिक्री गरेका हुन् ।

यस्तै मोबाइल सेवा प्रदायक कम्पनी यूटीएलमा समेत महतोको आश्वासनमा लगानी गरेका व्यवसायीले पैसा फिर्ता नपाएको बताएका छन् ।

माछापुच्छ्रे बैंकको वार्षिक विवरणमा सबैभन्दा बढी सेयर स्वामित्व रहेका सुरेन्द्र महतोले सेयर बिक्री गरे । त्यसपछि उपेन्द्र महतोको ९.१४ प्रतिशत,त्यस्तै, प्रेम कुमारी के।सीको ८.६८ प्रतिशत, पिकेआर इन्भेष्टमेन्ट कम्पनीको ६.३५ प्रतिशत,राम आशिष साहू सुदीको ४.२४ प्रतिशत, कृष्ण गोपाल श्रेष्ठको २.०६ प्रतिशत,डा धर्मराज श्रेष्ठको १.५६ प्रतिशत, किरण केसीको १.४६ प्रतिशत,प्रकाश केसीको १.२९ प्रतिशत,रोशन केसीको १.१४ प्रतिशत करण मोटर कम्पनीको १.१२ प्रतिशत सेयर स्वामित्व छ ।

राम जानकी इन्भेष्टमेन्ट एन्ड पेट्रोलियम सम्लायर्स प्रालिको ०.९९ प्रतिशत, एसोसिएटेड अटोमोबाइल्स प्रालिको ०.८३ प्रतिशत, गणेशबहादुर श्रेष्ठको ०.७३ प्रतिशत श्री हिमालयन इन्टरप्राइजेज प्रालिको ०.६१ प्रतिशत,वीरेन्द्रप्रसाद महतोको ०.६० प्रतिशत, प्रनेश्वर पोखरेलको ०.५५ प्रतिशत अर्थात्, राजनलाल श्रेष्ठको ०.५१ प्रतिशत, दिनेशलाल श्रेष्ठको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima