Skip to content

तीन लाख ४० हजार पशु चौपायालाई खोप

nabil bank
कैलाली । कैलालीमा तीन लाख ४० हजार आठ सय पशु ७३ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जिल्लाका १३ वटै स्थानीय तहका गाई, गोरु, भैँसी, राँगा, बाख्रालगायत पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो । गत मङ्सिरबाट सुरु गरिएको खोप अभियानमा हालसम्म ६४ हजार सात सय ८० गाईगोरु र ४७ हजार नौ सय २० भैँसीराँगालाई खोरेतविरुद्ध खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीका सूचना अधिकारी कविराज कठायतले जानकारी दिए।
उनका अनुसार एक लाख ८४ हजार भेडा बाख्रालाई पिपीआर, २१ हजार एक सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर र २३ हजार गाईगोरुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । सोही अभियानका क्रममा धनगढी उपमहानगर, टीकापुर र भजनी नगरपालिकामा १५ हजार पशुलाई रानी खेत खोप पनि लगाइएको उहाँले जानकारी दिए ।
चालु आव २०८०÷८१ मा दुई लाख ५० हजार खोरेतविरुद्धको खोप, दुई लाख पिपीआर, २४ हजार क्लासिकल स्वाइन फिवर र एक लाख पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीले जानकारी दिनुभयो ।
लम्पी स्किनविरुद्धको खोप भने अभाव रहेको उहाँले बताउनुभयो । “खोप लगाउन जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिनुभएको छ, हामी निरन्तर अभियानमा छौँ”, उनले भने, “यही वैशाख मसान्तभित्रै खोप लगाइसक्ने लक्ष्य छ ।” अघिल्ला वर्षहरुभन्दा यस वर्ष खोप अभियानमा किसानको सहभागिता राम्रो रहेको उनको भनाइ छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi