Skip to content

अभिभावक छोराछोरी क्यानडा पठाउँदा पढाइ अवधिभर रकमको जोहो गर्नु, काम पाउन गाह्रो छः नेपाली दूतावास

 

काठमाडौं । नेपाली विद्यार्थी अध्ययनका लागि क्यानडामा आर्थिक समस्यामा परेपछि क्यानडास्थित नेपाली दूतावासले आफ्नो जोहो गरेर मात्रै आउन सचेत गराएको छ ।

क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै अध्ययनका लागि आउने विद्यार्थीले सहजै रोजगारी पाइहाल्छन् भन्ने भ्रममा नपर्न अभिभावकलाई सचेत गराएको हो ।अध्ययनका लागि क्यान्डा गएका विद्यार्थीले काम नपाउँदा आर्थिक समस्या भइरहेका समाचार सार्वजनिक भइरहेका बेला नेपाली दूतावासले पनि त्यहाँको अवस्थाबारे जानकारी गराएको हो ।

छोराछोरीको अध्ययन अवधिभरको शैक्षिक शुल्क र बस्ने, खाने खर्च व्यवस्थापन गरेर मात्र पठाउन दुतावासले अभिभावकलाई भनेको हो ।

दूतावासले अध्ययनका लागि आउँदा कलेज वा विश्वविद्यालयको गुणस्तर र विश्वासनीयता बुझेर मात्र शैक्षिक शुल्क बुझाउन सुझाव दिएको छ । दूतावासले सामाजिक सञ्जालमा देखेका विज्ञापनका अधारमा भुक्तानी गर्दा ठगीमा पर्न सकिने तर्फ पनि सचेत गराएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi