Skip to content

दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि आक्रमण

nabil bank

दमक । झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् । अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दैआएकी १८ वर्षीया एनिका अधिकारी घाइते भएकी हुन् ।

स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

आक्रमण गरी फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । घाइते अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi