Skip to content

उद्योग र उद्यमशिलताको विकासबिना मुलुक समृद्ध बन्दैनः मन्त्री भण्डारी

अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन् ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशिलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए ।

उनले उद्योग र उद्यमशिलताको विकासविना मुलुकमा समृद्धि नआउने बताए । मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गरे ।

उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताए ।

उनले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिए। उनले भने, ‘स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि हो ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi