काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ६ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।












प्रतिक्रिया दिनुहोस्