Skip to content

भारतले हटायो प्याज निर्यातको प्रतिबन्ध, तर लगायो ४० प्रतिशत कर

nabil bank
भारत सरकारले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । यद्यपि न्यूनतम निर्यात मूल्य प्रतिमेट्रिक टन ५५० डलर तय गरेको छ । अर्थात् भारतबाट  प्याज निर्यात भयो भने उसको मूल्य भारतीय रुपैयाँमा ४५ हजार ८०० मेट्रिक टन हुनेछ ।
उक्त आदेश शनिबारदेखि नै लागू भएको छ भने अर्को आदेशसम्म लागू हुनेछ । यसका साथै भारतले प्याज निर्यातमा ४० प्रतिशतसम्म निर्यात शूल्क लगाउने पनि निर्णय गरेको छ । भारतले अघिल्लो वर्ष डिसेम्बरमा जब प्याजको मूल्य ७० देखि ८० भारु पुगेको थियो तब निर्यातमा रोक लगाएको थियो ।
सरकारको उक्त निर्णयपछि व्यापारीहरुलाई विदेशमा प्याज निर्यात गर्दा ५० प्रतिशत कर दिनुपर्नेछ । यदि उनीहरुले एक लाख भारुको प्याज बिक्री गरे भने ४० हजार सरकारलाई दिनुपर्नेछ ।
भारत सरकारले निर्यातमा रोक लगाए पछि बंगलादेश, संयुक्त अरब एमिरेट्स, भुटान, बहराइन, मैरिसस र श्रीलंकामा भने उनीहरुको अनुरोधमा ९९ हजार १५० टन प्याज निर्यात गरेको थियो । भारतका विपक्षी दलका नेताहरु भने लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै यो निर्णय गरे पनि यसले किसानलाई फाइदा नहुने दाबी गर्दै आएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi