Skip to content

वृद्धभत्ता पाउने उमेरभन्दा बढी पुग्यो नेपालीको औसत आयु, पुरुषभन्दा महिलाको बढी

nabil bank
काठमाडौं । सरकारले दिने वृद्धभन्दा पाउने उमेरभन्दा नेपालीको औसत आयु बढी भएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ ।
२०६८ सालको जनगणनामा नेपालीहरूको औसत आयु ६६.६ वर्ष रहेको थियो ।
पछिल्लो १० वर्षमा ४.७ वर्षले नेपालीको औसत आयु बढेको हो । अहिले सरकारले ६८ वर्ष उमेर पुगेका व्यक्तिलाई बृद्धभत्ता दिने गर्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुषको तुलनामा महिलाको औसत आयु बढी छ । पुरुषको ६८.२ वर्ष औसत आयु रहेकोमा महिलाको ७३.८ वर्ष रहेको छ ।
पछिल्लो ५० वर्षमा नेपालीको औसत आयु साढे २१ वर्षले बढेको छ । कार्यालयका अनुसार २०३८ सालको जनगणनामा औसत आयु ४९.८ वर्ष देखिएको थियो । २०४८ सालमा वृद्धि भई ५४.३ वर्ष पुगेको थियो । २०५८ सालमा ६०.४ वर्ष पुगेको थियो ।
जनगणनाले कर्णाली प्रदेशमा मानिस धेरै वर्ष बाँच्ने गरेको देखाएको छ । यस प्रदेशको औसत आयु ७२.५ वर्ष देखिएको छ । बागमती प्रदेशमा ७२.४ वर्ष देखिएको छ । गण्डकीमा ७२.१ वर्ष छ ।
मधेस प्रदेशको औसत आयु ७१.८ वर्ष छ । सबैभन्दा कम लुम्बिनी प्रदेशका ६९.५ वर्ष रहेको छ ।
कोसी प्रदेशको ७०.४ वर्ष र सुदूरपश्चिम प्रदेशको ७१.३ वर्ष रहेको देखिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi