Skip to content

कर नबुझाउने २५ ठूला कम्पनीलाई कर कार्यालयद्वारा १५ दिनभित्र कर तिर्न ताकेता

nabil bank

 

काठमाडौं । सरकारले कर नतिर्ने ठूला कम्पनीहरुलाई कर बुझाउन आज सोमबार ताकेता गरेको छ । १ अर्बभन्दा बढी कारोबार गर्ने २५ ठूला कम्पनीले कर छली गरेका छन् । कानुनबमोजिम तिर्नुपर्ने नतिरेको भन्दै ठूला करदाता कार्यालयले सूचना जारी गरेको हो । कर असुल गर्न कार्यालयका कर्मचारीहरुले कम्पनीको भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराएको थियो । तर, कुनै पनि प्रतिक्रिया नआएपछि कार्यालयले कारबाही प्रकृया अघि बढाएको हो ।

सो कार्यालयले तोकिएको समयभित्र कर दाखिला नभए आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवं मूअकर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ २५३ मा उल्लेखित नियम अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । उक्त कार्यालयले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आफ्नो नाममा रहेको बक्यौता कर रकम दाखिला गर्न समय दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi