Skip to content

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

nabil
global ime

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोग स्वरुप १ लाख ७६ हजार प्रदान गरिएको छ ।

यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा सङ्कलन गरेर उक्त रकम प्रदान गरिएको हो ।

पीडितलाई क्षतिको मूल्याङ्कन गरेर १२ देखि ४५ हजार रुपैयाँसम्म प्रदान गरिएको सहयोग सङ्कलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए।

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका लाई ४५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । सङ्कलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो ।
आगलागीबाट रु एक करोड ३३ लाख बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ वटा घर जलेका प्रहरीले बताएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima