Skip to content

बुधबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T