Skip to content

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी

तनहुँ । जिल्ला कारागारमा ३ सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार हाल एक सय ६८ कैदी र एक सय ५५ थुनुवा गरी तीन सय २३ जना कारागारमा छन् । कारागारमा महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहे पनि क्षमताभन्दा बढी कैदीबन्दी व्यवस्थापन गरेका छन् ।

कारागारमा कर्तव्य ज्यानका ४८, ज्यान मार्ने उद्योगका १०, सवारी ज्यानका २३, चोरीका ३२, बहुविवाहका पाँच, लागुऔषधका ६९, डाकाचोरीका १३, ठगीका तीन, मानव बेचबिखनका चार, जबर्जस्ती करणीका ९०, जबर्जस्ती करणी उद्योगका सात, अपहरणका तीन, भ्रष्टाचारका एक, हातहतियार खरखजानाका चार र अन्य नखुलेका ११ कैदीबन्दी छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi