Skip to content
Prabhu

नेपाल पुनर्बिमाले ५ प्रतिशत लाभांश दिन, जेठ १७ गते बोलायो साधारणसभा

 

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले जेठ १७ गते साधारणसभा आह्वान गरेको छ । सो कम्पनीको वैशाख २६ गते बसेको ५२० औं बैठकले जेठ १७ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतलीमा हुने गरी सभा आह्वान गरेको हो ।

सो सभामा आव २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । लेखा परीक्षकको प्रतिवेदन सहित आव २०७९र८० को नाफारविवरणसँग सम्बन्धित अनुसूची छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

सभामा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७ सय ५० रुपैयाँको ०।२५ प्रतिशत नगद लाभांश र चुक्ता पूँजी १२ अर्ब २१ करोड ४५ लाख ४३ हजार ७ सय २५ रुपैयाँको ४.७५ प्रतिशत गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बोनश सेयर वितरणपश्चात कम्पनीको साविक जारी तथा चुक्ता पुँजी वृद्धि भई १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ मात्र कायम हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८०र८१ को लागि बाह्य लेखापरीक्षकमा टिआर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नुका साथै समिति तथा उपसमितिको बैठक भत्ता अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुने कम्पनीले जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal